आजदेखि निर्मला पन्तका आमाबुवा अनिश्चितकालीन धर्नामा

240

कञ्चनपुर / आजदेखि निर्मला पन्तका आमाबुवा अनिश्चितकालीन धर्नामा बस्ने भएका छन् ।

छोरीको बलात्कारपछि हत्या भएको साढे ३ महिना बित्न लाग्दासमेत दोषी पत्ता नलागेपछि छोरीको हत्यारा खोजी गर्न दबाव दिनका लागि निर्मलाका बाबुआमा जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरअगाडि धर्ना बस्ने निर्णयमा पुगेका हुन् ।

निर्मलाका बुवा यज्ञराज पन्तले दिएको पछिल्लो एक साताको अल्टिमेटममा पनि दोषी पत्ता नलागेपछि आज बिहान ११ बजेदेखि निर्मलाको परिवार धर्ना बस्ने भएको सञ्चार माध्यमलाई जनाएका छन् । उनले छोरीको हत्यारा पत्ता लगाउन प्रहरीले सुरुआतदेखि नै लापरबाही गरेको र अपराधी जोगाउन प्रमाणसमेत नष्ट गरेको आरोप लगाउँदै आएका छन् ।

गत साउन ११ गते निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा घरनजिकै उखुबारीमा शव भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here