बलिउड कलाकारहरुको बानी-व्यहोरा : हातमा दुईवटा घडी बाँध्ने अमिताभ बच्चनको सौख

179

पर्दामा देखिने फिल्म कलाकारहरु पर्दा पछाडि के गर्छन् ? कस्तो जिन्दगी जिउँछन् ? धेरैका लागि कौतुहलताको विषय हो । यसबीचमा बलिउडको एक न्यूज पोर्टलले केही नामुद बलिउड कलाकारहरुको बानी-व्यहोराको खुसाला गरेको छ ।

बलिउड भाष्करले लेखे अनुसार, अभिनेत्री सुष्मिता सेन छतमा नुहाउन सौखिन छिन् । त्यस्तै, अर्का कलाकर जितेन्द्र बाथरुममा खाना खान रुचाउँछन् । बिग बी अर्थात् अमिताभ बच्चनको सौख हातमा दुईवटा घडी बाँध्ने अनि कम्तिमा तीनवटासम्म मोबाईल बोक्ने छ । अभिनेता शाहरुख खान भने बिहान लगाएको जुत्ता दिनमा एक पटक मात्र खोल्न चाहन्छन् ।

यस्तै, प्रिती जिण्टाको सौख पनि ट्वाईलेट बाथरुम सफा मात्र खोज्छिन् रे १ होटलमा रुम लिँदा पनि बाथरुम चेक गरेर मात्र बुक गर्छिन् भनिन्छ । अभिनेता सैफ अली खान भने बाथरुमलाई सजाउन सौखिन छन् । उनले बाथरुममा नै लाईब्रेरी र टेलिफोनसम्म जोडेका छन् । अभिनेत्री सनी लियोनी भने कम्तिमा १५/१५ मिनेटमा नुहाउन चाहन्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here