भारतसहित चार देशमा राजदुत सिफारिस

38

काठमाडौ, कात्तिक २६, सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भारतसहित चार देशमा नयाँ राजदुत नियुक्त गरेको छ । सरकारले भारतका लागि निलाम्बर आचार्यलाई राजदुत नियुक्त गरेको छ । त्यस्तै मलेशियामा उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र संयुक्त राष्टसंघको जेनेभास्थित नियोगमा दीपक धिताललाई सिफारिस गरेको छ । केही समयदेखि खाली रहेका विदेशस्थित नियोगमा सरकारले राजदुत सिफारिस गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदुत सिफारिस गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेपनि ती निर्णय भने सार्वजनिक गरेको छैन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने उनले जानकारी दिए । “लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बसेको छ । तपाईंहरुले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here