नेपालमा पहिलो महिला एआइजी

214

काठमाडौं / नेपाल प्रहरीले पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)पाएको छ। मन्त्रीपरिषदको कात्तिक २५ गतेको निर्णयअनुसार डा. दुर्गा थापालाई एआइजीमा बढुवा गरिएको हो।

नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्ने थापा पहिलो महिला हुन्।

प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत डिआइजी डा.थापालाई आइजिपी सर्वेन्द्र खनालले मंगलबार एआइजीको दर्ज्यानी चिन्ह लगाइदिएपछि प्रहरीले पहिलो महिला एआइजी पाएको हो।

यसअघि नेपाल प्रहरीमा डिआइजीसम्म महिला भएका थिए।  प्रहरी महानिरीक्षक खनालले डा. थापालाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी महत्वपूर्ण हुने भएकोले अस्पतालको व्यवस्थापन र स्तरोन्नतिका लागि अग्रसर हुनु पर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here