विकासमन्त्री सोडारी पदबाट बर्खास्त

239

काठमाडौं / सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त गरिएको छ । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् भने सोराडीको ठाउँमा तत्कालिन एमालेबाट निर्वाचित कृष्णराज सुवेदी नयाँ मन्त्री बन्ने भएका छन् ।

नयाँ मन्त्रीले अहिले ४ बजे सपथ लिने कार्यक्रम रहेको छ । सवेदी कैलाली ४ ९ख० बाट निर्वाचित सांसद हुन ।

गत तिहारको समयमा सोडारीको सरकारी गाडीले मोटरसाइकलसँग ठक्कर दिएर भाग्न लागेको बेला स्थानीयले समातेका थिए । तिहारको बेला सोडारीको झण्डावाला गाडीमा अरुनै व्यक्ति सवार रहेका बेला दुर्घटना भएको थियो ।

पार्टीको शीर्ष तहबाटै सोडारीलाई हटाउन चर्को दबाब परेको थियो । मुख्यमन्त्री सोडारीको बारेमा धेरै गुनासा आएकाले उनलाई हटाइएको श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here