पाँच दिनदेखि धर्नामा बसेका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य नाजुक बन्दै

149

आज पाँच दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य नाजुक बन्दै गएको छ ।

महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराले यज्ञराजको ब्लडप्रेसर कम हुँदै गएको जनाए । खाना कम खाने भएकाले उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको डा. बोहराले जनाए । ‘यज्ञराजको घाँटीमा समेत समस्या देखिएको छ, ‘डा. बोहराले भने, ‘फिचर कम छ, विभिन्न टेष्टका लागि रगत लिइएको छ ।’ स्वास्थ्य परीक्षणमा तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको देखिएको छ ।

बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्ना स्थलमै निर्मलाका बाबु यज्ञराज, आमा दुर्गा र कान्छि आमा लक्ष्मीको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेका थिए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीसहितका सुरक्षा प्रमुखले समेत यज्ञराज पन्त परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । स्वास्थ्य अवस्था बुझ्दै उनीहरुले थप उपचारका लागि प्रशासन र सुरक्षा निकायका तर्फबाट सहयोग गर्ने जनाए । निर्मलाको परिवारले न्याय नपाउँन्जेलसम्म धर्ना जारी राख्ने अडान राखेका छन् । निर्मलाकी आमा दुर्गाले स्वास्थ्य अवस्था बिग्रीएपनि धर्ना नतोड्ने जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here