युएन उपमहासचिवद्वारा प्रधानमन्त्री ओलीसँग भेट

88

काठमाडौँ, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

मोहम्मदले बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराएका थिए । उपमहासचिव मोहम्मद शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्रसङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए । ओलीले नेपालको शान्ति, विकास र समृद्धिका लागि युएनले गरेको सहयोगका लागि धन्यवाद पनि व्यक्त गरेका थिए । उपमहासचिव मोहम्मदले नेपालले दिगो विकास लक्ष्य सन् २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here