सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो

93

काठमाडौँ, राज्य विद्रोहकोे मुद्दामा प्रहरी हिरासतमा रहेका सिके राउतलाई विहिबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई रौतहटबाट पक्राउ हिरासतमा राखिएको थियो । उनको पक्राउ विरुद्ध उनका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदातलको आदेशअनुसार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइका शुक्रबार पेशी तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here