अवैध हतियारसहित तीन भरतीय पक्राउ

68

धरान । अवैध हतियार कारोबार गर्दै आएका तीन भारतीयलाई सशस्त्र प्रहरीले सुनसरीका विभिन्न स्थानमा पक्राउ गरेको छ। अवैध हतियारको कारोबार गर्ने तीनजनाको समूहलाई सुनसरीको हरिपुर र श्रीपुर नाकाबाट शनिबार पक्राउ गरेको हो। अर्का एक नेपालीलाई समेत धरान प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित पक्राउ गरेको छ।

शनिबार दिउँसो सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल भारत सीमा क्षेत्रको श्रीपुर र हरिपुरनाकाबाट दुई थान पेस्तोलसहित भारत सुपौल घर भएका १८ वर्षीय विवेक यादव, १७ वर्षीय सुमितकुमार गोहित र वीरपुरका रञ्जितकुमार मुखियालाई पक्राउ गरेको हो।

सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेशकुमार श्रेष्ठका अनुसार यादव र गोहितको साथबाट एक थान कटुवा पेस्तोल, मोवाइल, मोटरसाइकल तथा मुखियाको साथबाट एक थान चाइनिज पेस्तोल बरामत गरिएको छ।

भारतको वीरपुर नाका हुँदै हतियार लिएर नेपाल प्रवेश गरेको समूहलाई गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानले शुक्रबार राति अटोमेटिक अमेरिकन पेस्तोलसहित सुनसरी बराहा नगरपालिकाका श्यादेव मण्डललाई पक्राउ गरेको छ।

हतियारसहित पक्राउ परेका उनलाई प्रहरीले सार्वजनिक भने गरेको छैन्। धरानका डीएसपी सुमन तिम्सिनाले हतियार कारोबारमा संलग्न अन्य व्यक्ति पनि रहेकाले अनुसन्धानमा बाधा पुग्ने भएकाले सबै कुरा भन्न नमिल्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here