माईक्रो बसका चालक र सहचालकको पहिचान सहितको ज्याकेट अब अनिवार्य

245

काठमाडौं । अब माईक्रो बसको चालक वा सहचारलकले अनिवार्य रुपमा पहिचान सहितको ज्याकेट लगाउनु पर्ने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा माईक्रो बसका चालक र सहचालकका लागि मंसिर १ गतेबाट ज्याकेट अनिवार्य गरेको छ । चालकका लागि सुन्तला तथा सहचालकका लागि पहेँलो रङ्गको रातको समयमा समेत चम्किने फ्लोरेसन्ट ज्याकेट अनिवार्य गरिएको हो ।

प्रहरीले यसअघि भदौ ६ गतेदेखि ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गराएको थियो । ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त कुमार पन्तले काठमाडौंको सुन्धारामा दिउँसो १ बजे केही माईक्रो बस चालकलाई ज्याकेत प्रदान गर्दै औपचारिक उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here