विमानमा सवार यात्रुको माग पूरा गर्न एयरहोस्टेसको यस्तो स्मार्ट आइडिया

117

जापानमा एक यात्रुको विचित्र मागलाई एयरहोस्टेसले निकै सिर्जनात्मक तरिकाले पूरा गरिदिएकी छिन् । उनको यो तरिका देखेर विमानका अन्य यात्रु पनि चकित परेका थिए ।

जापानको एक फ्लाइटको क्रममा एक यात्रुले एयरहोस्टेससँग अचानक सिट फेर्न माग गरिरहेका थिए । खा समा ती यात्रुले झ्यालको सिट बुक गरेका थिए । तर, जुन सिटमा उनले यात्रा गरिरहेका थिए त्यहाँ केबिन मात्र थियो । ती यात्रुले बारम्बार सिट बदल्न माग गरिरहेका थिए तर सबै सिट भरिएको हुँदा एयरहोस्टेसले सिट बदल्न असमर्थ भएको जनाइन् ।

यात्रुले भने झ्यालको सिट नभएका कारण आफूले फ्लाइटको पूरा आनन्द लिन नपाएको गुनासो गरिरहेका थिए ।ती यात्रुले झ्यालको सिट नपाएका कारण बादल, समुद्र आदि दृश्यको आनद लिन नपाएको गुनासो गरिरहेका थिए । ती यात्रुको लगातारको मागबाट दिक्क भएकी एयरहोस्टेसले समस्या समाधानको लागि निकै स्मार्ट आइडिया निकालिन् ।

उनले एउटा कागजमा कलमले बादल, समुद्रको दृश्यको चित्र बनाइदिइन् र ती यात्रुको सिटको अगाडिपट्टि टाँसिदिइन् । अर्का यात्रुले टाँसिएको चित्रको फोटो खिचेर सामाजिक संजालमा शेयर गरिदिएका छन् ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here