आजदेखि राष्ट्रिय परिचयपत्र वितरण  

244

काठमाडौं / सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ ।

देशभर आगामी ३ वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले पाँचथरबाट यसको शुभारम्भ गर्न लागेको हो ।

पाँचथरको शहीद मञ्चमा आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको शुभारम्भ गर्नेछन् । त्यसका लागि गृहमन्त्री थापा आज ११ बजे फिदिम पुग्दैछन् ।
राष्ट्रिय परिचयपत्रका लागि यसअघि भण्डारीबाटै विवरण संकलन थालिएको थियो । सोमबार नै पाँचथरका थप ५० जनालाई पनि परिचयपत्र वितरण गर्ने तयारी छ ।

‘राष्ट्रिय परिचय पत्र वितरणका लागि पाँचथरमा ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ । तत्कालका लागि २४ सय कार्ड बनेर हामीकहाँ आइसकेको छ,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेर अरुलाई क्रमशः वितरण गर्दै जान्छौं ।’

पाँचथरमा गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन शुरु भएको थियो । हालसम्म ५२ हजारको विवरण संकलन गरिसकेको विभागले क्रमशः सबैलाई परिचयपत्र वितरण गर्ने योजना बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here