गायक जेम्स गजमेरको ‘पुर्खाले’ बोलको गीत सार्वजनिक

155

हाम्रो आ-आफ्नो जिवन भोगाइका कथाहरु छन पिर ब्यथाहरु छ्न। जिन्दगी भन्नु एउटा सम्झना रहेछ। शरीर जहाँ भए पनि मन त आफ्नो तेहि आफु जन्मे हुर्केको गाउ ठाउँमा हुन्छ।

धेरै वर्ष पहिले भुटानमा बस्ने भुटानीहरुले एउटा एउटा अत्यन्त दुखलाग्दो घटनाको सामना गर्नु परेको थियो । उनिहरु आफ्नो देशबाट लखेटिएका थिए र शरणार्थीको रूपमा नेपाल पुगेका थिए । उनिहरु आफ्नो देश फर्किन चाहन्थे तर पाएनन अन्ततः उनिहरु अमेरिका पुगे।

अहिले पनि अमेरिका बस्ने ति भुटानी नेपालीहरुले साथीभाई संग कहिले यहि कुरामा गफिने गर्छन आफ्नो माटो सम्झिन छ्न र भाबुक बन्छ्न।गायक जेम्स गजमेरले केहि दिन अघि भुटानी नेपालीहरुको कथा ब्यथा बोकेको गीत पुर्खाले सार्वजनिक गरेका छन। यस गीतका रचनाकार र भिडियोको प्रोड्युसर धन प्रधान हुन।

गीतले भुटानी नेपालीहरुको जिवन कथा बोल्छ। गीतको भिडियोमा आफ्नो देशमा हुदाका रमाइलो पलहरुको सम्झना गरिएको देख्न सकिन्छ ।

एनबि जनकर्मी , रबिन्द्र मान सिंह बस्नेत , डिएक्स दर्नाल , हर्क गजमेर , कुमार चौहान , डमर तिवारीको अभिनय भिडियोमा हेर्न सकिन्छ । यस गीतको एरेन्जमेन्ट सन्जिव बराइलीले गरेका हुन। गीतमा स्वर , संगीत र भिडियो निर्देशन जेम्स गजमेरको रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here