डा.गोविन्द केसी सिसियूमा

295

 काठमाडौं / सोमबार बिहान ४ बजे डा. गोविन्द केसीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए।

छातीमा अत्याधिक दुखाइ भएपछि डा. गोविन्द केसी अस्पताल भर्ना भएका डा केसीको अहिले सीसीयूमा राखेर उपचार भइरहेको सिंहले जनाए ।

मनमोहन सेन्टरका डाक्टर अरुण सायमीले डा. केसीको स्वास्थ्य जाँच भइरहेको जनाए । ‘बिहानै अत्यधिक छाती दुखेर उहाँलाई इमर्जेन्सीमा भर्ना गरेका थियौँ’, उनले भने, ‘अहिले स्वास्थ्य जाँचपछि सिसियूमा सारेका छौँ।’डा. सायमीले केसीको जाँचका केही रिपोर्टहरु आएका छन् भने केही आउने क्रममा रहेको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here