गृहमन्त्री विरुद्ध यस्तो गम्भीर षडयन्त्र

213

काठमाडौं / गत महिना कारागार व्यवस्था विभागले गुन्डानाइके समिरमानसिंह बस्नेतलाई नख्खु कारागारबाट मुस्ताङ सरुवा ग¥यो । उनलाई इन्काउन्टर गर्न प्रहरीले मुस्ताङ जेलमा  गरेको उनको श्रीमती माया शेरचनले बताएपछि हंगामा मच्चियो ।

सर्वाेच्च अदालतमा रिटसमेत प¥यो । अदालतले उनलाई काठमाडौं झिकाउन आदेश दियो । तर, जेल सरुवा गर्नु गलत नभएको अदातलको आदेश दियो ।

श्रीमानको इन्काउन्टर हुन लागेको भनेर बच्चाहरुसहित पत्रकार सम्मेलन गर्ने उनै माया यतिबेला प्रहरी हिरासतमा छिन् । प्रहरी अनुसन्धानमा समिरमानको आपराधिक समूहमा माया पनि संलग्न भएको खुलेपछि उनी पक्राउ परेकी हुन् ।

संयोग कस्तो भने समिरको सरुवालगत्तै उनका तीन सहयोगी पक्राउ परे । उनीहरुको बयानका आधारमा अपराधमा मायाको संलग्नता खुलेको हो । मायाविरुद्ध पनि प्रहरीले संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दा अघि बढाएको छ ।

अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार गुन्डागर्दीबाट असुली तथा हत्याका घटनामा प्रत्यक्ष रुपमा मायाको पनि संलग्नता थियो । समिर जेल परेपछि उनकै नेतृत्वमा समिरको ग्याङ चलेको थियो । कात्तिक १२ गते पक्राउ परेका रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामाको बयानपछि अपराधमा मायाको संलग्नता खुलेको हो ।

प्रहरीका अनुसार मायाले नै पेस्तोल र पैसा दिने गरेकी थिइन् । समिर जेल परेपछि पनि उनले धम्काउने र पैसा उठाउने काम गरिरहेकी थिइन् । समिर जेलबाटै मायालाई पैसा असुल्ने तरिका सिकाउथिन् ।

मिडिया मालिकको हत्या योजना असफल
पछिल्लो समय समिरले जेलबाटै सहयोगी परिचालन गरी एक मिडिया मालिकको हत्याको योजना बनाएको खुलेको छ । गृहमन्त्रीको विरोधमा लेख्ने मिडिया मालिकलाई गोली हान्ने र गृहमन्त्रीलाई राजिनामा दिन बाध्य बनाउने योजना समेत उनीहरुको थियो । पक्राउ परेका अभियुक्तले नै यसबारे खुलासा गरेका हुन् । उनीहरु हाइप्रोफाइल हत्याको योजनामा रहेको कुरा अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले पत्रकार सम्मेलनमै बताएका थिए । जेलमै समिरले यस्तो योजना बनाएका थिए । जेलमा अन्य कैदीलाई भेट्ने बहानामा उनका सहयोगी समिरलाई भेट्न जाने समेत खुलेको छ ।

डाक्टर हत्याको योजना
२०७३ असार १० गते कालिमाटी क्षेत्रमा गुन्डागर्दी गर्ने जसवन्त राईलाई खुट्टामा गोली हानी बबरमहलबाट पक्राउ गरिएको थियो । त्यसबेला महानगरीय अपराध महाशाखामा प्रमुख थिए, हालका आइजिपी सर्वेन्द्र खनाल । समिरको समूहविरुद्ध खनाल आक्रामक थिए । राई समिरसँग नजिक थिए । सोही कारण उनले राईलाई गोली हानेका थिए ।

ट्रमा सेन्टरमा राईको उपचारका लागि भर्ना भयो । चिकित्सकले खुट्टा काट्नुपर्ने बताए । त्यसको रिसमा समिरले ती चिकित्कसको हत्या गरी आतंम मच्चाउने योजना बनाएको थियो । त्यसका लागि सुटर अम्बरबहादुर रानालाई जिम्मेवारी दिए । सोही अनुसार उनी चिकित्सकलाई गोली हान्न गए ।

तर, ती चिकित्सकलाई अगाडि देखेपछि उनलाई गोली हान्न मन लागेन । डाक्टरलाई आफूले नमार्ने भन्दै पेस्तोल लगेर समिरलाई फिर्ता दिएको उनले प्रहरीसँग जनाएका छन् ।दैनिकपाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here