नेपालको अस्थिरताका निम्ति तराई केन्द्रित दलहरू जिम्मेवार छन्

196

स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेशसभा र प्रतिनिधिसभाको समेत निर्वाचन सम्पन्न भइसक्दासम्म तराई केन्द्रित राजनीतिक दलहरूले आफ्नो हैसियत बुझ्ने मौका पाएका छन् । तराई क्षेत्रलाई नेपालबाट अलग बनाउने धम्की दिँदै आएका तराई केन्द्रित नेताहरू चुनाव सम्पन्न भइसकेपछि तराई क्षेत्रमा आफूहरूको मनोमालिन्य नचल्ने अवस्था प्रति जानकार हुन पुगेका छन् । चुनावी परिणामको सबैभन्दा महत्वपूर्ण पक्ष यही देखिएको छ ।

सबै स्थानको मतपरिणाम सार्वजनिक भइसकेपछि तराई केन्द्रित दलहरू तराई क्षेत्रमा आफ्नो अस्तित्व संकटमा परेको बुझ्न बाध्य भएका छन् । सात प्रदेशमा विभाजित नेपालको एउटा मात्र प्रदेशमा सरकार बनाउन सफल भएका तराई केन्द्रित दलहरू तराईवासी जनताको हितमा कतिसम्म चिन्तित छन भन्ने बुझ्नलाई अब दुई नं प्रदेशको अवस्थाले पनि स्पष्ट सन्देश दिनेछ । तराई केन्द्रित दलहरूमध्येको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सबै मधेशी दलहरूको अभिभावकको रूपमा आफूलाई लिने गरेको छ । राजपाले यो पटक एउटा ठूलो अवसर गुमाएको छ । उसले स्थानीय तहमा निर्वाचन नलडेकै कारण अब स्थानीय तहको राजनीतिमा राजपाको भूमिका लगभग समाप्त नै भएको छ । २ नम्बर प्रदेशको निर्वाचनमा भाग लिए पनि राजपाले उल्लेख्य मत पाउन सकेन ।

राजपाले गरिरहेको आन्दोलनको कारण देशमा धेरै नै समस्याहरू निम्तिए । तराईमा विभिन्न आन्दोलनहरू भए । ठूलो संख्यामा जनधनको क्षति भयो । हिंसाको राजनीतिका कारण कोही जनता पनि खुशी हुन सक्ने अवस्था थिएन । उक्त आन्दोलनले न देशलाई फाइदा पु¥यायो न जनतालाई नै । स्थानीय तहको राजनीति नै समाप्त भइसकेको अवस्थामा राजपाले आफ्नो कार्यदिशाबारे समीक्षा गर्ने र सच्चिने समय आएको हा,े तर राजपाले देशको अवस्था बुझ्नतिर भन्दा देशको दुरावस्थालाई मलजल गर्ने काम ग¥यो । यति हुदाँ हुदैँ पनि देशको राजनीतिमा राजपाको स्थान सम्मानजनक नै रहेको छ ।

राजपालगायत तराई केन्द्रित दलहरूको राजनीति तराईका जनता केन्द्रितभन्दा पनि सत्ता केन्द्रित बढी देखिन्छ । कुनै पनि राष्ट्रिय निर्णयहरू लिनुपर्दा भारतीय दूतावासको निर्देशन राजपाका नेताहरूले आवश्यक ठान्ने गर्दछन् । भारतीय दूतावासकै इशारामा राजपाका नेताहरू चल्ने अवस्था विकसित हुनु देशको लागि दूर्भाग्यपूर्ण हो । राजपालगायत तराई केन्द्रित दलका नेताहरूकै हठका कारण नेपालका सीमाक्षेत्रमा रहेका लाखौं भारतीयहरूले नेपाली नागरिकता लिन सफलता हासिल गरेका छन् । नेपालको सीमाक्षेत्रको भारतीय एक जिल्लामा नै हजारौं भारतीयले नेपाली नागरिकता लिएको तथ्य सार्वजनिक भइसकेको अवस्थाले हामी नेपालीहरू कुन अवस्थामा पुग्दै छौं भन्ने संकेत गरेको छ । भारतीय सञ्चारमाध्यमहरूले नै यस्तो तथ्यलाई सार्वजनिक गरेका छन् । देशमा यस्तो अवस्था आउनुमा राजपालगायत तराई केन्द्रित दलका नेताहरूको हात रहेको छ भन्ने कुरा स्पष्ट छ ।

भारतले नेपाल विरुद्ध नाकाबन्दी लगाएका बेला समेत भारतकै नाकाबन्दीको समर्थनमा जुलुस र नाराबाजी गर्ने काममा तराई केन्द्रित दलका नेताहरू सक्रिय भएको घटनाले तराई केन्द्रित नेताहरूको वास्तविकता उजागर गरिदिएको छ । तराई जस्तो सुगम क्षेत्रमा पनि यहाँका नागरिकहरू विभिन्न समस्याबाट पीडित छन् । शिक्षा र स्वास्थ्यको अवसरबाट बञ्चित भएका तराईवासी जनताको हकमा नेताहरू बोलेको सुनिदैन । छिमेकी देश भारतले तराई क्षेत्रमा वर्षेनी सिमा अतिक्रमण गर्दै आएको छ । तराई केन्द्रित नेताहरूले सिमा अतिक्रमणका विरुद्धमा आवाज उठाएको सुन्न पाइएको छैन । तराईवासी जनसाधारण भारतको कारणबाट डुबान समस्या झेल्न बाध्य छन् । तराईका नेताहरू डुबान समस्याकाबारेमा मुख खोल्न आवश्यक ठान्दैनन् ।

तराईवासी जनता अभाव, असुरक्षा, चोरी डकैती, जबरजस्ती करणी , अपहरण, फिरौती र हत्या जस्ता घटनाबाट आक्रान्त छन् । यो सबै विकृतिको जड छिमेकी देश भारत हो भन्ने कुरा स्पष्ट छ । भारतसंग खुला सिमाना रहेसम्म यो समस्याको समाधान हुनसक्ने छैन । तर पनि तराईवासी नेताहरूले खुला सिमाना बन्द गर्नेबारेमा बोल्न आवश्यक ठान्दैनन् । बेरोजगारी र चेतनाको अभावका कारण तराईका जनता वर्षौंदेखि दुःखमय जीवन यापन गर्दै आएका छन् । तर, तिनै तराईवासी नागरिकहरूलाई भ्रम दिएर यहाँका स्वनामधन्य नेताहरूे राजनीतिक दाउपेचमा नै लिप्त देखिन्छन् ।

तराईकेन्द्रित दलका नेताहरू साँच्चै नै देशभक्त हुन् भने किन तराईका जनताको वास्तविक समस्यालाई आफ्नो एजेण्डा बनाउँदैनन् ? वर्षायाममा तराईका अधिकांश भुभाग डुबानमा पर्ने गरेको छ । भारतसँग विभिन्न समयमा नेपालले गरेका सन्धिसम्झौताका कारण वर्षेनि तराईका भुभाग डुबानमा पर्दै आएको छ । तर, तराईकेन्द्रित दलका नेताहरू भारतको जस्तो सुकै ज्यादति पनि सहन बाध्य देखिन्छन् । यसको कारण के हो ? [email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here