हातमा कुचो लिएर सडकमा निस्किए गृहमन्त्री बादल (फोटो फिचर)

64

काठमाडौं / हातमा पन्जा र मुखका मास्क लगाएर गृहमन्त्री रामबहादुर थापा (बादल) बिहीबार बिहानै हातमा कुचो लिएर सडकमा निस्किए ।

गृहमन्त्री जस्तो उच्च पदमा रहेका थापाले बिहीबार अरनिको राजमार्ग सफाइ अभियानको शुरुवात गरेका हुन् । फूलमाला लगाएर सडकमा निस्किएका उनले एकछिन सडक बढारे र फोहरका टुक्राटुक्री टिपे ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सरसफाइ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका राजनीतिक दलका नेताहरु, सर्वसाधारण लगायतले सहभागिता जनाएका थिए । अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here