श्रृङ्खलाले लगाएको गाउनमा भएको गल्ती

218

विश्व सुन्दरी प्रतियोगिता मिस वल्र्ड २०१८ को प्रवल दाबेदार श्रृङ्खला खतिवडालाई बेष्ट डिजाइनर इभेन्टमा उनले लगाएको गाउनले धोका दियो । यसले गदा मिस वद्यर्ड बन्ने बाटोमा कुनै पनि असर नगरे पनि अब यस्ता किसिमका गल्ती फेरी नहोस भन्ने सजग बनाएको छ ।

श्रृङ्खलाले फेसबुकमा लेखेकी छन्, ‘र्‍याम्प मोडलिङ मेरो कमजोरी थियो, तर पनि टप ३० मा स्थान बनाउन पाउँदा म रोमाञ्चित भएकी छु ।’

यसअघि भएको बेस्ट डिजाइनरमा भने उनको सुखद अनुभव भएन । आफूले लगाएको गाउनमा ‘टेक्निकल ब्लन्डर’ हुन पुगेको श्रृङ्खलाको भनाइ छ । यो गाउन मनिष राईले डिजाइन गरेका थिए ।

उनले गाउनमा भएको गल्तीको बारेमा यसरी प्रष्टिकरण दिएकी छन् :‘मैले चाँदी र मोतीको बुट्टा कुँदिएको न्यूड पिंक कलरको गाउन लगाएकी थिएँ, जुन तिघ्रामा चिरिएको थियो । पछाडिको भागलाई सलले सिंगारेको थियो । मनिष राईले यति राम्रो गाउन बनाउन प्रशस्त समय र प्रयास खर्चिएका थिए । खासगरी पछाडिको भाग मलाई मन परेको थियो । तर, नसोचेको प्राविधिक गल्ती भयो ।

म यो ड्रेस लगाएर राम्ररी हिँड्न सकिनँ । म कुनै अनुभवी र्‍याम्प मोडल त होइन, तर यो गाउनमा धेरै अभ्यास गरेकी थिएँ । तर, समस्या यो भयो कि कपडा एकदम हलुंगो थियो भने बुट्टा निकै भारी थियो । चीन आउनुभन्दा अगाडि ट्रायल गर्दा यसको लम्बाई छोटो थियो । हामी यसको फेदमा अरु केही लाइन बुट्टाहरु थप्यौं, जसले गर्दा यो झन् भारी भयो ।

मुख्य ब्लन्डर के भयो भने यसमा जडित मोती तथा अन्य सजावटहरु एक अर्कामा जकडिन सक्छन् भन्ने हामीले ख्याल गरेनौं । चिरिएको भागको पछाडिपट्टि कपडा निकै हलुंगो भयो जुन सलमा रहेका बुट्टाहरुसँग जेलियो । यसले गर्दा म र्‍याम्पमा राम्ररी हिँड्न सकिनँ । अभ्यास गर्दा म बिस्तारै आरामले हिँडेकी थिएँ । तर, र्‍याम्पमा हाम्रो कोरियोग्राफी फास्ट थियो । पछाडिको सल अल्झिएर मलाई हिँड्न असुविधा भयो ।’

तर डिजाइनर आफैंमा छुट्टै प्रतिस्पर्धा भएकाले यसमा बिग्रदा समग्र प्रतियोगितामा असर नगर्ने श्रृङ्खलाले स्पष्ट पारेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here