सांसददेखि विज्ञसम्मको सुझाव लिइने, एक मन्त्री एक जिल्ला जाने

128

प्रदेश ५ विकासको प्रभावकारी योजना निर्माणका लागि मुख्यमन्त्रीसहित सबै मन्त्रीहरू सबै जिल्ला जाने भएका छन् ।  टोली बनाएर १२ जिल्लामा छुट्टाछुट्टै मन्त्री जाने भएका हुन् । मुख्यमन्त्री शंकर पोखरेल गृहजिल्ला दाङ जाने भएका छन् ।

सरकारले गठन गरेको प्रदेशिक योजना आयोगले विभिन्न टोली बनाएर योजना तर्जुमाको काम अगाडि बढाएको हो । आयोगले गर्ने कार्यक्रममा प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरूसमेत सहभागी हुने भएका छन् । योजनाको आधारपत्र तयारीका क्रममा प्रदेशका सबै जिल्लामा सुझाब संकलन गर्न पाँच टोली अहिले जिल्ला खटिएका छन् ।

प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले ७ मंसिरदेखि सुझाब संकलन सुरु गर्ने जनाए । उनले आगामी चैतभित्र योजना निर्माणको काम सक्ने गरी काम अगाडि बढाएको जनाए । निर्धारित समयमा पूर्ण दस्ताबेजका रूपमा तयार पार्ने र आगामी बजेट योजनामा आधारित हुने गरी काम भइरहेको उनले जनाए ।

आयोगले सांसददेखि विज्ञसम्मको सुझाब लिइने जनाएको छ । जिल्लागत रूपमा प्रतिनिधित्व गर्ने सांसदहरूदेखि स्थानीय तहका जनप्रतिनिधिहरूको सुझाब लिने भएको छ । संघसंस्थाका प्रतिनिधिदेखि विभिन्न क्षेत्रका विज्ञहरूको सुझाब लिइने उनले बताए । ७ मंसिरमा रुकुम र रोल्पामा सुझाब संकलन गर्न दुई टोली बुधबार नै ती जिल्ला खटिइसकेका छन् । पाँचवर्षे विकास योजनामा कुन–कुन क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने आयोगले अध्ययन गरिरहेको छ । यस प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चालू वर्षलाई योजना निर्माणको र कानुन निर्माण वर्षका रूपमा लिएको जनाएका छन् । नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here