ठूलो संख्यामा नेपाली सेनाको भर्ना आह्वान

109

काठमाडौं – नेपाली सेनाले ठूलो संख्यामा लेखा जमदार, अमलदार, सैनिकदेखि विभिन्न पदमा भर्ना आह्वान गरेको छ ।

३ हजार ८ सयको संख्यामा  भर्ना आह्वान गरेको नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको हो । सार्वजनिक सूचनाअनुसार पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्दा बढी ३५० सैन्य पदमा भर्ना खुलेको छ ।

मंसिर १० गतेदेखि मंसिर २४ गतेसम्म दरखास्त दिने म्याद रहेको छ । दोब्बर दस्तुर तिरेर पुस २ गतेसम्म दरखास्त दिन पाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here