विवादै विवादको राजपा असन्तुष्ट पक्षको आज छुट्टै भेला

37

काठमाडौं  / राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको असन्तुष्ट पक्षले आज छुट्टै भेला गर्दै छन् ।

पार्टी विधानअनुसार ४ मंसिरमा महतो राजपा नेपाल अध्यक्ष मण्डलको संयोजक भएका थिए । तर सो निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेख्दै अध्यक्ष मण्डलका सदस्य अनिल झाले असहमति जनाएका थिए ।

तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा० तथा नेपाल सद्भावना पार्टी ९नेसपा० का नेताहरूले छुट्टै भेला गर्दै संयोजक महतोविरुद्ध मोर्चाबन्दी गर्न जुटेका हुन् । तमलोपा र नेसपाका पदाधिकारी र केन्द्रीय सदस्यहरू सो भेलामा सहभागी हुने स्रोतले बतायो ।

भेलामा ठाकुर तथा झा अनुपस्थित रहनेछन् । यद्यपि यसको तयारी र महतोविरुद्ध मोर्चाबन्दी गर्न ठाकुर र झाले नै उचालेका छन् ।

भेलाको आयोजना गर्न लागेका राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले यसलाई ‘कार्यकता भेटघाट’ भएको बताए । तत्कालीन तमलोपाको बिजुलीबजारस्थित पार्टी कार्यालयमा हुने भेला विशेष नभई भेटघाट मात्रै भएको उनले दाबी गरे । लाल तत्कालीन तमलोपा नेता हुन् ।

‘पार्टी तथा पार्टी नेताविरुद्धमा मोर्चाबन्दी नभई कार्यकर्ता भेटघाट मात्रै हो, मधेसबाट काठमाडौं आउने नेतासँग नियमित भेटघाट एवं छलफल मात्रै हो’ लालले भने, ‘राजपाको केन्द्रीय कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेता बस्ने ठाउँ मात्रै भएको र पार्टी एकता भएदेखि आफूले बिजुलीबजार कार्यालयबाटै कार्यकर्ता भेटघाट गरिरहेकाले यसलाई अन्यथा लिनुुहुँदैन।’

पार्टी संयोजक पदबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई हटाएर महतोलाई चयन गर्नु तथा ठाकुरविरुद्ध अपाच्य प्रचार गर्नुप्रति लालले असहमति जनाए । पार्टीको महाधिवेशनसम्म ठाकुरलाई नै संयोजक मानेर अगाडि बढ्ने सहमति भएको तर त्यसमा हेरफेर गरेपछि उनले असन्तुष्टि जनाए ।

आउँदो ७, ८ र ९ वैशाखमा राजपा नेपालको एकता महाधिवेशन तोकिएको छ । पार्टी र नेता त्यसको तयारीमा जुटिसकेका छन् । लालले एकता महाधिवेशनसम्म ठाकुरलाई नै संयोजक मान्ने सहमति भए पनि त्यसको उल्लंघन भएको जनाए ।

तर पार्टी विधानमा प्रत्येक दुई महिनामा अध्यक्ष मण्डलका संयोजक चक्रीय प्रणालीअनुसार परिवर्तन गर्ने उल्लेख गरिएको छ । तर, अध्यक्ष मण्डलका नेताहरूले आपसी सहमतिमा विधानविपरीत १९ महिनासम्म ठाकुरलाई नै संयोजक स्वीकार गरेका थिए ।

तर, पछिल्लो समयमा ठाकुरले जथाभावी रूपमा मनोनयन तथा नियुक्तिहरू गर्न थालेपछि अध्यक्ष मण्डलका नेताहरूले असन्तुष्टि व्यक्त गर्दै संयोजक परिवर्तन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

आफ्ना सम्धी उमाकान्त झादेखि लिएर प्रदेश २ को नीति आयोगमा सुरेन्द्र झालाई नियुक्ति गर्नेसम्ममा ठाकुरले कसैसँग सल्लाह गरेनन् । एकलौटी एवं मनोमानी रूपमा ठाकुर ५० भन्दा बढी पदाधिकारी तथा सयभन्दा बढी केन्द्रीय सदस्यहरू मनोनित गरेका थिए ।

पार्टी अध्यक्ष मण्डलको बैठकले ठाकुरको पछिल्ला मनोमानी एवं एकलौटी मनोनीत खारेज गर्ने निर्णय गरिसकेको छ । उनले गरेका मनोनीत पार्टी बैठकले खारेज गरेपछि यी नेताहरू असन्तुष्टि पोखेका छन् । राजधानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here