नेप्सेको अनलाइन प्रणाली हतारमा लागु गर्दा अर्बौं गुमेको लगानीकर्ताको गुनासो

153

काठमाडौं /  नेप्सेको अनलाइन प्रणालीमा समस्या आएपछि लगानीकर्ताले विरोध प्रदर्शन गरेका छन् । अनलाइन प्रणालीमा सुधार नभएको भन्दै लगानीकर्ताहरुको चारवटा संघ संस्थाले नेपाल स्टक एक्सचेञ्ज कार्यालय घेराउ गरेका छन्।

करिब २ सय लगानीकर्ताले नेप्से कार्यालयमा नाराबाजी गर्दै कन्फिडेन्स नभएसम्म अनलाइन प्रणाली लागु नगर्न पनि माग गरेका छन् ।

अर्थमन्त्री युवराज खतिवडालाई समेत अनलाइनमा रहेको कमजोरी थाहा नभएको आरोप लगानीकर्ताको छ । हतारमा उद्घाटन गरेर अनलाइन प्रणाली लागु गर्दा अर्बौं गुमेको गुनासो लगानीकर्ताको छ ।

नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले ुहार्डवेयरु समस्याले कारोबारमा असहजता आएको जनाउँदै अब समस्या नरहेको दावी गरे। उनको आश्वासनलाई लगानीकर्ताले पत्याएनन्। उनीहरुले झन् चर्को श्वरमा नाराबाजी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here