नेपाली मिडिया टोली र सर्भे पाकिस्तानका पदाधिकारीबीच छलफल

169

पाकिस्तान / पाकिस्तान भ्रमणमा रहेको नेपाली मिडिया डेलिगेशनले अहिले सर्भे अफ पाकिस्तानका उच्च पदाधिकारीहरुसंग सर्भे अफ पाकिस्तानको सभाकक्षमा अन्तरक्रिया गरिरहेको छ ।

पाकिस्तानी सेनाको कमाण्डिङमा रहेको सर्भे अफ पाकिस्तानका पदाधिकारीहरुले पाकिस्तान र सिमा जोडिएका भारत, चीन लगायतका देशहरुसंगको सिमा अवस्थाबारे मिडिया टोलीलाई  जानकारी गराउनु भएको छ ।

नेपाली मिडिया टोलीका तर्फबाट सिमाविद् बुद्धि नारायण श्रेष्ठले नेपाल र भारत-चीनबीचको सिमा अवस्थाबारे जानकारी गराउँदै नेपाली भूमि भारतले व्यापक रुपमा अतिक्रमण गरिरहेको तथ्यबारे स्पष्ट पार्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here