उपत्यकामा पाँच सय सिसिटिभी जडान गरिने

416

काठमाडौं /  काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा व्यवस्थालाई ‘हाइटेक’ बनाउन थप पाँच सय सिसिटिभी जडान गरिने भएको छ ।

जिल्लाअन्तर्गतका ११ वटै स्थानीय तह र प्रहरीको संयुक्त प्रयासमा थप सिसिटिभी जडान गर्न लागिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार २२ वटा आफैँले र चार सय ५० वटा काठमाडौं महानगरपालिकासहित जिल्लाका अन्य स्थानीय तहले राख्ने छन् । कार्यलयले राख्ने २२ सिसिटिभीको टेण्डर समेत आह्वान भइसकेको छ । बाँकीका लागि भने प्रहरी र सम्वन्धित स्थानीय तहसँग समझदारी ९एमओयू० भएको छ ।

काठमाडौंमा यसअघि ४ सय ३ सिसिटिभी जडान भइसकेका छन् । नयाँ सिसिटिभी जोडिँदा काठमाडौंमा मात्रै सिसिटिभीको संख्या ८ सय ७५ पुग्नेछ । काठमाडौंका केही मुख्य शहर करिब–करिब सिसिटिभीको निगरानीभित्र आइसक्ने प्रहरी जनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here