संघीयता असफल पार्ने षड्यन्त्र

78

काठमाडौं /  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरू नेपालमा संघीयता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन ।

संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीयता नरुचाउने केही शक्तिहरू केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अधिकारको विवाद सल्काएर संघीयतालाई बदनाम बनाउने र संघीयता नै असफल बनाउने दाउमा लागेको जनाए ।

कम्युनिष्ट पार्टीलाई दुईतिहाई बहुमत दिएर जनताले अग्निपरीक्षा दिएको भन्दै उनले कसैलाई पनि दोष दिएर अहिलेको सरकार उम्कन नपाउने जनाए । संघीयता कागजमा व्यवस्था गरे पनि सोचमा स्थापित हुन नसकेको भन्दै उनले नयाँ ब्यवस्थामा अभ्यस्त हुनका लागि ‘बे्रनवार’ चलाउनुपर्नेे जनाए ।

केन्द्र सरकारले प्रशासनिक र वित्तीय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको भन्दै शाहीले केही दिनमै प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच हुनलागेको समन्वय परिषद बैठकमा यसबारेमा आफूहरूले विशेषरूपमा कुरा उठाउने जानकारी दिए ।

एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागीरबाटै विदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here