राष्ट्रपति भण्डारी भोलि पोल्यान्ड जाँदै

34

काठमाडौंं / राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्यान्डतर्फ प्रस्थान गर्नुहुने भएको छ । पोल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धी नेसनल फ्रेमवर्क कन्भेन्सन ९कोप–२४० मा सहभागी हुन त्यसतर्फ जानु हुने भएको हो ।

आइतबार राष्ट्रपति भण्डारीले पोल्यान्डमा रहेका नेपाली समुदायलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले कोप–२४ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनुका साथै सोमबार उच्चस्तरीय प्रतिनिधि सहभागी सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

सोमबार बिहान राष्ट्र सङ्घीय महासभाका अध्यक्ष मारिया फारनन्दा स्पिनोसाले राष्ट्रपति भण्डारीसँग भेट गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन साँझ कोपको सम्मेलनमा सहभागी हुन आउनुभएका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूको सम्मानमा पोल्यान्डका राष्ट्रपतिले आयोजना गर्नुहुने रात्री भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनु हुनेछ । त्यस्तै, मङ्गलबार राष्ट्रपति भण्डारीले पोल्यान्डका राष्ट्रपति अन्डार्जी सेवास्टिना डुडासँग द्विपक्षीय भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीका साथ वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्यहरू पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतमका साथै राष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता रहनेछ ।

मङ्सिर १९ गते राष्ट्रपति भण्डारी स्वदेश फर्कनु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here