श्रृंखला ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा

279

काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटिङमार्फत पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् ।

श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी छन् । उनले भिडियोमा भनेकी छिन्–‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु, तपाईहरुले दिएको मायाँले मलाई यो स्थान सम्म ल्याएको छ तपाईहरुलाई धेरै–धेरै धन्यवाद ।’

प्रतियोगितामा सहभागीहरुलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक–एक जना छानिएको थियो । यसरी छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले अब एउटा प्रिजेन्टेशन दिनुपर्ने छ र त्यसैको आधारमा हेड टु हेडको टप १० मा पुगेपछि मिस वर्लडको टप ३० मा पुगिन्छ ।

श्रृंखला मल्टिमिडिया अवार्डको पनि बलियो दाबेदार छिन् । मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा पनि उनी फाइनलमा प्रवेश गर्छिन् ।

श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here