शान्ति समाज दाङ शाखा फेरिपनि देशभरकै उत्कृष्ट

106

दाङ / मानव अधिकार तथा शान्ति समाज दाङ शाखा फेरिपनि देशभरकै उत्कृष्ट भएको छ । विराटनगरमा सुरुभएको मानव अधिकार तथा शान्ति समाजको २१ औ राष्ट्रिय परिषद बैठक उदघाटन समारोहमा देशभरका ५० शाखाहरु मध्ये दाङ शाखा उत्कृष्ट घोषणा गरेको थियो ।

हरेक सामाजिक अभियानमा दाङ शाखा सक्रिय रहेको भन्दै मुल्यांकन र कार्यक्षेमताको अमधारमा दाङ शाखालाई प्रदेश नम्बर एक का प्रमुख माननीय गोबिन्द बहादुर तुम्वाहले दाङ शाखा सभापति शरद रेग्मीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

यस अघि शान्ति समाज दाङ शाखा पटक पटक गरि सात पटक उत्कृष्ट शाखाको रुपमा सम्मानित भैसकेको छ । यता शान्ति समाज दाङ शाखाका सभापति रेग्मीले दाङ शाखा लाई हरेक अभियानमा सक्रिय बनाउदै अगाडि बढने बताउनुभएको छ । दाङ शाखा आफ्ना हरेक अभियान र चुनौतिहरुलाई सामना गर्दै अगाडि बढेकैकारण आज देशभरिबाट उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको जनाउनु भयो ।

जगतमुखी,जिवनमुखी र सेवामुखी उदेश्यका साथ आज देखि बिराटनगरमा सुरुभएको राष्ट्रिय परिषद बैठक एव अधिबेशन उदघाटन सत्रमा, नेपाल कम्युनिस्ट पार्टिका प्रबक्ता नारायणकाजि श्रेष्ठ ,नेपाली काङ्ग्रेसका युवा नेता पुर्व मन्त्री गगण थापा,प्रदेशका सभामुख,प्रदेशका सासदहरु ,बरिष्ठ मानबअधिकारकर्मि देबेन्द्र राज पाण्डे ,बिराटनगर उपमहानगरपालिकाका मेयर भिम पराजुलि ,शान्ति समाजका सस्थापक सभापति एव बरिस्ठ मानबअधिकारकर्मि कृष्ण पहाडी लगायतका बक्ताहरु कार्यक्रममा सहभागी रहेका थिए ।

शान्ति समाजका केन्द्रीय सभापति डाक्टर गगाधर अधिकारीको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा कवि अर्जुन पराजुलि र सुरेश सत्यालले समय सान्दर्भिक कबिताहरु प्रस्तुत गरेका थिए ।

सनिवार सम्म सञ्चालन हुने परिषद बैठकक र अधिबेशनले आगामि दुई बर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।सर्वसम्मत नयाँ नेतृत्व  महासचिवमा दाङका बस्नेत निर्बिरोध  यसै बिच हिजोदेखि मोरङको विराटनगरमा सुरुभएको २१ औ राष्ट्रिय परिषद बैठक एंव अधिबेशनले उत्तम पुडासैनी को नेतृत्वमा मानव अधिकार तथा शान्ति समाजको नयाँ कार्यसमिति निर्बिरोध रुपमा चयन गरेको छ ।

जसको बरिस्ठ उपाध्यक्षमा गोबिन्द खनाल,महासचिवमा दाङ शाखाका पुर्व सभापति तथा पुर्व केन्द्रीय सचिव सुशील बस्नेत निर्बिरोध निर्वा्चित हुनुभएको छ । त्यसैगरि उपसभापतिमा (महिला तर्फ) रेणुका पौडेल,रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here