प्रधानमन्त्री ओली र पत्नी राधिका ब्लेसिङमा सहभागी नहुने

403

काठमाडौं / एसिया प्यासिफिक समिटको दोस्रो दिन आज दक्षिण कोरियाकी ‘सच्चा माता’ हाक जा हान मुनले  ३ सय जोडीलाई ‘ब्लेसिङ’ दिने कार्यक्रममा निम्ता गरिएका प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य भने ब्लेसिङमा सहभागी नहुने भएका छन् ।

कोरियाली माताले प्रधानमन्त्रीलाई ‘गुड गभर्नेन्स अवार्ड’ दिने कार्यक्रम पनि छ । प्रधानमन्त्रीले आइतबार साढे ४ बजे गुड गभर्नेन्सको सेसनमा सम्वोधन गर्ने भएका छन् ।  तर आयोजकले ब्लेसिङ समारोहमै प्रधानमन्त्रीलाई अवार्ड दिने सेड्युल बनाएको छ ।

विवाद आएपछि आयोजक यूनिभर्सल पिस फेडरेसन नेपालले ब्लेसिङ कार्यक्रमको नाम फेरेको छ । यूपीएफले दिएको नयाँ प्रोग्राम सेड्यूलमा यसलाई ‘पीस एन्ड फेमिली फेस्टिबल सेरिमोनी’ नाम दिइएको छ ।  प्रधानमन्त्री नै सहभागी नहुने भएपछि आयोजक निराश बनेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here