प्रधानमन्त्री ओली र भारतका पूर्व प्रधानमन्त्री देवेगौडाबीच शिष्टाचार भेट

72

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शनिबार साँझ सोल्टी क्राउन प्लाजामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।

नेपाल र भारतबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै जाने विषयमा उहाँहरुबीच छलफल भएको छ । दुवै मुलुकलाई फाइदा हुनगरी जलस्रोतमा साझेदारी, महाकाली सन्धि र पञ्चेश्वर परियोजनालाई कार्यान्वयन गर्ने सम्बन्धमा समेत कुराकानी भएको सल्लाहकार डा भट्टराईले जानकारी दिए ।

त्यस्तै जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका लागि दुबै देशले सामूहिक प्रयास गर्ने र दुबै देशका जनताको हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।

पुरानो चिनजानसमेत रहेकाले भेटमा उहाँहरुबीच आपसी अनुभव आदानप्रदानसमेत भएको सल्लाहकार डा भट्टराईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here