मङ्सिर २२ गते ‘रग्बी फेस्टिभल’ , लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने

203

टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नायिका नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

मङ्सिर २२ गते शनिवार नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुने जानकारी गराइएको छ ।

सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ ।

अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले उक्त लाइभ शोमा आफ्नो प्रस्तुती राख्नेछन् । उनीहरुसंगै २ दर्जनबढी कलाकारको उपस्थिती रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here