एसपी विष्ट र इन्स्पेक्टरद्वारा पुनर्बहालीको माग

203

 काठमाडौं / निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका अनुसन्धानमा लापरबाही गरेको आरोपमा सेवाबाट हटाइएका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टले कारबाहीको पुनरावलोकन गर्न माग गरेका छन् ।

गृह मन्त्रालयको सिफारिसमा एक महिनाअघि उनीहरूलाई प्रहरी सेवाबाट हटाइएको थियो ।

विभागीय कारबाहीउपर चित्त नबुझे पुनरावलोकन गर्न सक्ने प्रावधान प्रहरी नियमावलीमा भएअनुसार गत साता उनीहरूले प्रधानमन्त्री कार्यालयमा त्यसका लागि निवेदन दिएका छन् । विनाकारण आफूहरूलाई प्रहरी सेवाबाट हटाइएको भन्दै उनीहरूले पुनरावलोकन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here