इलामको टुँडिखेलमा पर्यटन महोत्सव हुने

319

काठमाडौं /  प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ ।

चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले जनाएको छ ।

बाह्र दिनसम्म चल्ने महोत्सवमा १५० व्यावसायिक स्टल रहने छन् । चार जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुति रहने आयोजकले जनाएको छ । पचास हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा अनुमानित रु ५० लाख खर्च हुने जनाइएको छ ।

महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here