एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शन

304

 काठमाडौं /  बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म दुर्लभ एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शनीमा राखिएको छ ।

बहुमूल्य यी सामग्री प्रत्येक वर्ष बालाचतुर्दशीका अवसरमा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन ढुकुटीबाट निकाल्दा र मार्गशीर्ष कृष्ण औँसीका दिन थन्क्याउँदा सर्वसाधारणलाई दर्शन दिने गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । हजारौं भक्तजन आज बिहान पशुपतिमा एकमुखे रुद्राक्ष र नागमणि हेर्न उपस्थित भएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले  जानकारी दिनुभयो ।

औँसीका दिन शुक्रबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म पुनः प्रदर्शन गरिने उहाँले सुनाउनुभयो । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप दान गर्ने भक्तजनको भीड बढ्न थालेको छ । यसवर्ष भक्तजनका लागि त्रिपालको व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा सुरक्षालगायत सबै तयारी पूरा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here