कर्मचार्यद्वारा १५६औँ पटक रक्तदान

313

काठमाडौँ, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६औँ पटक रक्तदान गरेका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीका लागि उनले मंगलबार रक्तदान गरेका हुन् ।

अस्पतालका निर्देशक डा जागेश्वर गौतमले रक्तदानको निरन्तरताका लागि रक्तदाता कर्माचार्यलाई बधाई दिँदै रक्तदानका लागि समाजमा अझै जनचेतनाको आवश्यकता रहेको बताएका थिए ।

अस्पतालका रक्तसञ्चार सेवा विभागका प्रमुख पर्शुराम दाहालले रगतको सहज आपूर्तिका लागि अध्यक्ष कर्माचार्यको योगदान महत्वपूर्ण रहेको बताए । कर्माचार्यले आफूले हरेक तीन महीनाको अन्तरालमा रक्तदान गर्दै आएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here