युएइका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

175

काठमाडौं /  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ)का राजदूत सइद हममन अल नाक्बीले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटघाटका क्रममा उपप्रधानमन्त्रीले झण्डै दुई लाखको हाराहारीमा आप्रवासी नेपाली कामदार रहेको युएइसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेको र नेपालमा युएइका उद्यमी व्यवसायीको लगानीलाई प्रवद्र्धन गर्न सरकारले लगानी मैत्री नीति तथा कार्यक्रम अघि बढाइरहेको विचार व्यक्त गर्नुभयो ।

राजदूतले नाक्बीले युएइ र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रका रूपमा रहेको चर्चा गर्दै युएइका लगानीकर्ता नेपालको कृषि, पर्यटन, यातायात, परिवहन तथा विमानस्थल व्यवस्थापनलगायतका क्षेत्रमा लगानी गर्न इच्छुक रहेकाले त्यसका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिदिन आग्रह गर्नुभएको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here