वंशाणुगत रोगसम्बन्धि सम्मेलन

130

काठमाडौं / यही मंसिर २१ र २२ गते पहिलो पटक वंशाणुगत रोगसम्बन्धि सम्मेलन हुने भएको छ ।  सोसाईटी अफ लाइफ साईन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा प्रज्ञा भवन कमलादीमा आगामी शुक्रबार र शनिबार बिहान साँढे ८ बजेदेखि साँझ ५ बजेसम्म सम्मेलन चल्नेछ ।

सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा उक्त सम्मेलन दुई दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजक समितिका उपाध्यक्ष डा.विष्णु मरासिनीले बंशाणुगत रोगकाबारेमा जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । उनले भने,‘वंशाणुगत रोगको निदान, रोकथाम, कसरी जानकारी लिनेजस्ता विषयकाबारेमा सम्मेलनमा चिकित्सकहरुले जानकारी दिनुहुनेछ, ७ वटा सत्रमा विभाजन गरेर हाम्रो कार्यक्रम चल्नेछ ।’

कार्यक्रममा आयोजक समितिका सचिव उद्धव खड्काले उक्त स्वास्थ्य सम्मेलनमा उपस्थित भएर वंशाणुगत रोगका बारेमा जानकारी लिन आम नागरिकहरुलाई आग्रह गरेका छन् । उनले भने,‘हामीले पहिलो पटक वंशाणुगत रोगको क्षेत्रमा देखा परेका जटिल रोगहरु र यसमा गरिएका पछिल्ला अनुसन्धान बारेमा जानकारी दिने उद्देश्यले यो सम्मेलनको आयोजना गरेका हौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here