कलंकी-कोटेश्वर सडक खण्डका यि स्थानमा थपिने भए आकाशे पुल

326

काठमाडौं / सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खु गरी ६ स्थानमा आकाशे पुल निर्माण गर्न लागेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।

सो स्थानमा आकाशे पुल नभएकोले पैदल यात्रीले जोखिमपूर्ण यात्रा गर्नु परेको भन्दै गुनासो आएपछि ६ ओटा आकाशे पुल थप्न लागिएको  हो ।

सरकारले आकाशेपुल निर्माणलाई प्राथमिकता दिँदै योजनाको कामलाई तीव्रता दिएको छ ।

चक्रपथमा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकहरुमा आकाशे पुल निर्माण गर्न लागिएको योजनाका इन्जिनियर निरन्जन शर्माले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here