महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय

561

काठमाडौं / सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय गरेको छ। सरकारले मैतिदेवीस्थित महाकवि देवकोटाको जीर्ण घरलाई संग्रहालय बनाउने तयारीमा रहेको जनाएको छ ।

बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले यसको जानकारी दिएका हुन्। मंसिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय गरेको थियो ।

गत लक्ष्मीप्रसाद जन्म जयन्तिका दिन प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने घोषणा गरेका थिए। प्रधानमन्त्री ओलीको सोही पस्तावलाई मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।

संग्रहालय बनाउने विषयमा देवकोटाको परिवारसँग छलफल चलिरहेको र छलफल सकरात्मक दिशामा अगाडि बढिरहेको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले जानकारी दिए। ‘परिवारसँगको छलफल सकरात्मक दिशामा अगाडि बढेको छ’, मन्त्री बास्कोटाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here