ग्लोबल आइएमई बैंकका थप ६ शाखारहित बैंकिङ्गसेवा

70

 काठमाडौं / ग्लोबल आइएमई बैंकले गत साता थप ६ वटा शाखारहित बैंकिङ्गसेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले मिति २०७५ मसिंर १९ गते बुधबारदेखि डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. २, चमडामा १०५औँ र सोही दिन अजयमेरु गाँउपालिकाकै वडा नं. ६, देवलमा १०६औँ, मिति २०७५ मसिंर २० गते बिहीबार देखि बैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं. ४, बसालीमा १०७ औँ र सोही दिन दोगडाकेदार गाँउपालिकाकै वडा नं. २, काफलकोट बडीयामा १०८औँ र मिति २०७५ मसिंर २२ गते शनिबार देखि डोटी जिल्लाको पुर्वीचौकी गाँउपालिका वडा नं. ५, चौखुट्टेमा १०९ औँ एंव सोही मितिमै पुर्वीचौकी गाँउपालिका वडा नं. १, शान्तिनगरमा ११०औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यस सगैं ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ११० पुगेको छ । यि सबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय वासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, म्क्ष्क्ज् ज्इःभ्रऋम्ःब्रग्त्ी को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आय स्रोत रहेको यि क्षेत्रका वासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पु¥याउने उद्वेश्यले १३२शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखारहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा,इन्टरनेट बैंकिंङ्गसेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/ सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइन, जोर्डन,अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here