ट्याक्सी सवार पेसेन्जरले चालकको नगद तथा मोबाइल लुटपाट गरे

205

काठमाडौं / बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चास्थित जंगलमा बा२ज ४३८६ नम्बरको ट्याक्सीबाट चालकको साथमा रहेको नगद ५ हजार रुपैयाँ, मोबाइल १ थान र ट्याक्सीको चाबी १ थान समेत आइतबार बेलुका लुटपाट भएको छ ।

ट्याक्सी सवार २ जना अपरिचित व्यक्तिहरुले उक्त लुटपाट गरी फरार भएका हुन् । फरार लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here