नवजात शिशु मारेर डोकोमा फाल्ने क्रममा पक्राउ

297

संखुवासभा / अवैध गर्भधारणबाट जन्मेको नवजात शिशु मारेको अभियोगमा खाँदबारी नगरपालिका-६ मयम बस्ने ३७ वर्षीया फुलमाया लिम्बु राईलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

राईले शिशु जन्माई मारेर डोकोमा फाल्न लागेको भन्ने स्थानीयवासीले प्रहरीमा खबर गरेपश्चात जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले डोकोभित्र राखेको मृत बालिका शिशुसहित उनलाई पक्राउ गरेको हो । उनका श्रीमानको डेढ वर्ष पहिले मृत्यु भएको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here