फुटबल खेलाडी अनमोल

105

फिल्म ‘क्याप्टेन’ को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मको फस्टलुक पोस्टर यसअघि नै सार्वजनिक भइसकेको थियो ।

अभिनेता अनमोल केसीको लिड अभिनय रहेको फिल्म ‘क्याप्टेन’को नयाँ दुई पोस्टरमा अनमोललाई खेलाडी अवतारमा चित्रण गरिएको छ । एक पोस्टरमा हातमा फुटबल लिएर उनी खेल मैदानमा देखिएका छन् । अर्को पोस्टरमा जर्सीसहित देखिएका छन् ।

दुवै पोस्टरमा अनमोललाई एंग्री लुक्समा देख्न सकिन्छ । फागुन १७ गते रिलिज हुने फिल्मको बिहीवार पहिलो गीत सार्वजनिक हुँदैछ ।

गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्छ । यसमा अनमोल, इशानको भूमिकामा छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । फिल्ममा सरोज खनाल, राजाराम पौडेल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्मको थिम अनुसार पोस्टर तयार पारिएका कारण अभिनेत्रीलाई समेट्न नसकिएको निर्देशक भट्टराईजनाउँछन् । बिहीवार सार्वजनिक हुने गीतमा भने अनमोलले फिल्मका अभिनेत्रीसँग ठुम्का लगाएका छन् । भुवन केसी निर्मित फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । यस फिल्मका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here