राप्रपा नेता खानको निधन

136

 काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं मुस्लिम नेता सलिम खान गौसको निधन भएको छ । राप्रपाको संस्थापक सदस्य समेत रहेको खानको ह्रदयघातका कारण गएराति निधन भएको हो ।

तत्कालीन राप्रपा नेपालले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि गरेको चरणबद्ध आन्दोलनमा समेत उनको सक्रियता रहेको थियो।

राप्रपाको मुस्लिम संगठनका पूर्व अध्यक्ष र सल्लाहकार समेत रहेका खानको पार्थिव शरीरलाई उनकै निवास बालाजुमा राखिएको छ । राप्रपा नेता, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पार्टीको झण्डा ओढाएरश्रद्धाञ्जली अर्पण गरेका छन् ।

खानको आज मुस्लिम परम्परा अनुसार स्वयम्भू मस्जिद परिसरमा अन्तेष्टि गरिनेछ । नेता खानका १ श्रीमती र १ छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here