स्पष्टिकरणका लागि राजदूत शेर्पा नेपालमा

263

 काठमाडौं /  अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा सरकारले स्पष्टिकरणका लागि नेपाल आएकी छिन् ।

राजदूत शेर्पामाथि उनकै सवारी चालक ओङ्छु शेर्पाले मानव तस्करी गरेको र ठगी गरेको आरोप लगाएपछि त्यस सम्बन्ध मा स्पष्टिकरणका लागि नेपाल अएकी हुन् ।

राजदूत शेर्पामाथि लागेको आरोपका सम्बन्धमा छानबिन भइरहेको र यहि क्रममा उनको स्पष्टिकरणका लागि परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

राजदूत शेर्पा आइतबार नेपाल आएको र आइतबार नै मन्त्रालय गएर आफूमाथि लागेको आरोपका बारेमा आफ्नो स्पष्टिकरण दिन थालेको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले सञ्चारमाध्यमलाई जानकारी दिए।

अहिले नै शेर्पालाई राजदूतबाट फिर्ता भने बोलाइएको होइन । उनीमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न गठन भएको समितिको निष्कर्षका आधारमा निर्णय हुनेछ । अबको केही दिन उनले समिति समक्ष आफ्नो बयान दिने छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here