काठमाडौं / संवैधानिक परिषद्को बैठक रातारातको निर्णयपछि बुधबार बिहान डाकिएको छ । पुस ५ गतेसम्म स्थगित भनिएको बैठक आज बिहान बोलाइएको थियो तर आज बसेको बैठकमा पनि समय अभाव देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक फेरि स्थगित गरिएको छ ।
बैठकबाट बाहिरिँदै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले भने ‘बैठक बिहीबार ११ बजेसम्मको लागि स्थगित गरिएको छ ।’ रातारातको निर्णयले पुस ५ को लागि सारिएको बैठक आजै डाकिएर पर्न गएको असुविधामाथि अध्यक्ष तिमल्सिनाले क्षमा मागेका छन् ।
छलफलका लागि संवैधानिक परिषद्को बैठकसमेत बस्न सकेको छैन । प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताको कार्यव्यस्तता देखाउँदै लगातार बैठक स्थगित गरिएको छ ।