जनवादी गणतन्त्र चीन र प्रजग कोरियाको सामाजिक अध्ययन भ्रमण

159

-डा.दीपेन्द्र रोकाया / देवकी तिमल्सिना

शैक्षिक तालिम कलेजबाट हामी सिधै जापानविरोधी संघर्षका बेलाको क्रान्तिकारी घटनाक्रमलाई जानकारी दिने गरी निर्माण गरिएको क्रान्तिकारी संग्रहालयमा प्रवेश ग¥यौ । हिमालय क्षेत्रको पृष्ठभूमिमा राष्ट्रपति किम इल सुङ र कोरियाली जनताका महान नेता किम जोङ इलको ठुलो तस्वीर राखिएको रहेछ । जापानी उपनिवेशको विरुद्धमा सन् १९२६ देखि १९४५ सम्म भएका संघर्षको नालीवेली सुन्दै गयौ, त्यस संग्रहालयकी किम ख्योङ यी कयौ पटक भावुक बन्नु भयो । हाम्री अनुवादक ली त्यसलाई हु बहु भन्न निकै लागी पर्दथिन् ।

कोरिया पूर्वी एसियाको रणनैतिक महत्वको भूगोल हुनाले यहाँ विदेशीको आँखा लाग्ने रहेछ । अमेरिकी जासुसी जहाजमा कसरी आगो लगाइयो ?, ४० वर्षे उपनिवेशको क्रममा उनीहरूले अपनाएका दमनका हथकण्डा तथा जेल नेल कसरी तोडियो ? भन्ने सन्दर्भ सामाग्रहीको अवलोकन ग¥यौ ।

त्यस संघर्षका क्रममा किम इल सुङका वुवा किम ह्योङ सुङ ३२ वर्षका उमेरमा जापानी उपनिवेशकारीहरूबाट मारिएका रहेछन् । उनलाई किम ह्योङ जिक भनेर सम्मान गरिदो रहेछ । त्यहाँ हामीले ४० वर्ष जेल बस्नेहरूले लगाएका फाटा लुगा पनि देख्यौ ।

जापानी उपनिवेशविरोधी सैनिक मोर्चा निर्माण गर्दा कोरियाली युवाहरूसित शुरुमा दुई वटा हाते पेस्तोल रहेछन् । जनताले साथ दिदै जाँदा सही विचार र नेतृत्वको आधारमा हतियार वर्गवैरीहरूबाटै प्राप्त भएको जानकारी भयो, जसरी नेपालको माओवादी जनयुद्धका क्रममा नेपाल प्रहरी र शाही नेपाली सेनाबाट हतियार उपलब्ध भएको थियो ।

किम इल सुङको वास्तविक घरको नाम किम सोङ जु रहेछ । उहाँलाई कम्युनिष्ट पार्टीले किम इल सुङ नाम राखेको रहेछ । सुङको अर्थ सुर्य रहेछ । यसैले किम इल सुङलाई कोरियाका सुर्य भनिएको रहेछ ।

कोरियाको छापामार संघर्षका दिनहरूमा कोरियाली छापामारले निर्माण गरेको ग्रीनेट, काठको बन्दुक हे¥यौ । त्यसै क्रममा दाजु छोल ज्यु १९ वर्षको हुँदा जापानी उपनीवेशकारीहरूद्धारा वेपत्ता पारिएको रहेछ । वास्तवमा किम इल सुङले जापानी उपनिवेश विरोधी संघर्षमा बाबु, आमा, काका र दाजु गुमाउनु भएको रहेछ ।

छापामार संघर्षका बेला किम की श्रीमती किम जोङ सुले पनि हतियार उठाएर सँगसँगै लड्नु भएको रहेछ । यो संघर्ष १० वर्ष चलेको थियो । यस क्रममा केही विदेशी कमरेडहरूले पनि साथ दिन आएको सम्झना संग्रहालयमा राखिएको रहेछ । यसैले चीनका नेताहरू बर्षेनी हेर्न आउँछन् भन्ने जानकारी समेत प्राप्त भयो । भूगोलमा नजिकका भनेर के गर्नु ? जापानी उपनिवेशकारीहरूले कोरियाका करिव दुई लाखभन्दा बढी महिलालाई यौनदासी बनाएका थिए । कल्पना गर्नुहोस् त त्यो अवस्था र यो अवस्था ? भनी क्रान्तिकारी संग्रहालयकी किम ख्योङ यीको भावानुवाद गर्दै लीले मुटु छुने तरिकाले जानकारी गराईन् ।

समग्रमा यो संग्रहालयको जानकारी लिने हो भने दर्जनौ पटक अवलोकन गर्न पर्छ भन्ने भनाई सुन्यौ । वास्तवमा संग्रहालय भनेको इतिहासको जिवन्त अनुभव गराउने स्थान हो । यसका आधारमा आज हामीले के गर्नु पर्दछ र भोलिका दिनहरूमा हामीले अपनाउने विषयको दिशानिर्देश गरिरहेको हुन्छ । यस क्रान्तिकारी संग्रहालयले कोरियाको नेतृत्वबारे अझ उच्च प्रकारले सम्मान प्रकट गराइरहेको छ ।

कोरियाको मालिमा गति
हामीले प्रा. डा. मुन र पाकले झैँ कोरियन एसोशिएसन अफ सोसिएल साइन्टिक्स्का विभाग प्रमुख प्रा.डा. किम छाङ ग्योङले कोरियाको ७० वर्षे इतिहास सुनाउनुभयो । उहाँको भनाई थियो– ‘कोरियामा आमजनता केन्द्रित समाजवाद लागु भइरहेको छ । हरेक जनता आफ्नो मालिक आफै हो । उत्पादनको साधन तथा राज्यको मालिक जनता हो । नेताहरू जनताबाटै निर्वाचित हुन्छन् । यहाँको सर्वोच्च निकाय जनपरिषद् हो । पार्टी र राज्य सँगसँगै जान्छ । हामी ३ काममा केन्द्रित छौः १. समाजवादी राष्ट्र बनाउने २. विज्ञान र प्रविधिमा फट्को मार्ने र ३. सभ्य देश बनाउने ।’

उहाँले हामी जनताको चाहनामा काम गर्दछौ । हामी जनताको सुविधामा प्राथमिकता दिन्छौ । त्यसपछि सुन्दरतालाई हेर्ने कुरा आउँछ । कोरियाका सर्वोच्च नेता किम जोङ उनले जनताको सुख, सुविधा नै पहिलो प्राथमिकताको विषय भएको बताउँदै शिक्षक, वैज्ञानिक र बुद्धिजीवीका लागि मात्र नभई आम मजदुर किसानलाई सुविधा दिने गरेको बताउनुभयो । यसैले पहिले छोलिमा र अब मालिमा गतिमा विकास गर्दै गरेको जानकारी दिनुभयो ।

यहाँ शिक्षा युद्ध सकिनासाथ प्राथमिक तहबाट निशुल्क र अनिवार्य गरिएको रहेछ । त्यसपछि ११ र १२ कक्षालाई निःशुल्क र अनिवार्य बनाइएको रहेछ । सन् १९५९ मा सबैलाई साक्षर बनाउने काम सम्पन्न गरिएछ । यस कुरालाई भियतनामी क्रान्तिकारी नेता हो चि मिन्हले समेत अचमम मान्दै राष्ट्रपति किम इल सुङलाई के यसरी टिक्न सकिएला ? भनी प्रश्न समेत गरेका थिए रे ! ‘तर कोरियामा शिक्षा भनेको भविश्य हो भन्ने बुझ्यौ हामीले’ उहाँले शिक्षाको महत्व प्रष्ट पार्नुभयो ।

स्वास्थ्यः शुरुदेखि नै सबै हिसावले निःशुल्क गरियो । सर्वोच्च नेता किम जोङ उनले सन् २०१५ अक्टुवर १० वर्कस पार्टीमा ऐतिहासिक सम्बोधन गर्दै पार्टी निस्वार्थ र जनताप्रति समपर्ण नै पार्टीको आत्मा हो भन्नुभयो र ‘निःस्वार्थ र जनताप्रति सर्मपित होऔ’ भन्ने नारा बनेको छ ।

देशको उत्तरी क्षेत्रमा ठुलो बाढी आयो, त्यतिबेला पार्टीको सातौ महाधिवेशको तयारी हुँदै थियो । त्यसमा राहत तथा पुनर्निमाणका लागि २०० दिने अभियान चलायौ । तर ६० दिनमै १०,९०० घरहरू निर्माण ग¥यौ । रेल, सडक तथा स्वास्थ्य तथा विद्यालय निर्माण ग¥यौ । यो चमत्कार भयो । ‘यो क्षतिलाई पुनर्निमाण गर्नुभन्दा अन्य कुनै पनि कुरा महत्वपुर्ण छैन’ भन्ने नेतृत्वको निर्देशनअनुसार जनताप्रतिको हाम्रो लगावले गर्दा त्यो सम्भव भएको थियो । हाम्रो समाजवादी राज्य जनताप्रतिका प्रेमको प्रतिबिम्ब हो ।

राज्य जनताप्रति उत्तरदायी छ । किम इल सुङ चोकमा विशाल जनअध्ययन गृह बनाइएको छ । त्यहाँ ठुलो भवन बनाउन सकिन्थ्यो तर त्यसो गरिएन । हाम्रो इतिहास भनेको आत्मनिर्भरताको इतिहास हो, यही नै जुछे विचार हो । यसमा राजनीतिक स्वतन्त्रता सबभन्दा प्राथमिकता कुरा हो । पोखरीमा माछा छ, त्यो कोरिया हो । बल्छीमा विभिन्न डोरी छन्, ती जापान, रसिया, चीन र वेलायत हुन् । उनीहरूले चारो हालेर मार्ने खतरा हुन्छ भनेर हामीलाई आत्मनिर्भर बन्न प्रेरित गरायो।

अन्ततिर पार्टी माथिबाट बन्छ । तर हामी तलबाट बनाउँदै आउँछौ । जापानविरोधी संघर्षमा पार्टी बनेको थिएन । मान्छे नै सवथोक हो भनी जुछे विचार निर्माण भयो । सन् २०१२ मा राष्ट्रपति किम इल सुङको १००औ जन्मजयन्ती मनाउँदा किम जोङ उनले पहिलो सार्वजनिक भाषणमा भन्नु भयो कि ‘राष्ट्रपति किम इल सुङ र महान नेता किम जोङ इलले प्रतिपादन गरेको विचार र कामलाई निरन्तरता दिन म प्रतिबद्ध छु ।’ यस विचारले हामीलाई नेतृत्वप्रति विश्वास जगायो ।

पूर्वी युरोपका समाजवादी देशहरूले आपसी आर्थिक सहायता संयन्त्र बनाएका थिए, त्यसमा कोरियालाई बोलाएको तर कोरिया सहभागी भएन । यदि कोरिया त्यो संयन्त्रमा गएको भए पूर्वी युरोपकै हालत बेर्होने अवस्था आउने थियो होला भन्दै प्रा. डा. किम छाङ ग्योङ भन्न थाल्नुभयो–  ‘त्यतिखेर छोलीमा गतिमा काम ग¥यौ, जसले ४०० कि.मि. को गतिमा काम गर्दथ्यौ, अहिले मालिमा ४००० कि.मि.को गतिमा कार्यरत छौ । जसअन्तर्गगत ७० दिनमा ७० तलाको भवन निर्माण ग¥यौ । गत अप्रिलमा तेस्रो विस्तारित वैठकमा नयाँ रणनैतिक लाइन निर्माण गरेका छौ । त्यसमा ‘आत्मनिर्भर अर्थतन्त्रको समाजवाद र आत्मनिर्भर सैनिक शक्ति’ निर्माण गरेका छौ ।’

सन् १९९० को दशकमा ठुलो विपत्ति झेलेका थियौ । समाजवादी खेमा पतन भएको, राष्ट्रपति किम इल सुङको निधन तथा प्राकृतिक प्रकोप भएको थियो । त्यतिखेर शत्रुहरूले कोरिया तीन दिनमा खतम हुन्छ भने । त्यो नभएपछि तीन महिनामा खतम हुन्छ भने । तर त्यो पनि भएन । वास्तवमा नेतृत्व हस्तान्तरणको काम सफलतापूर्वक सम्पन्न गर्न सकेकाले हामी सफल भयौ । यसले गर्दा सन् १९७८ अप्रिल ९ मा अन्तर्राष्ट्रिय जुछे विचार अध्ययन समिति बन्यो । यो सबै महादेशमा फैलिदै गएको छ’ उहाँको थप कथन थियो ।

विज्ञान प्रविधिमा फड्को
हामी दिउँसो २ बजे विज्ञान प्रविधि भवनमा गयौ । टापुमा बनाइएको यो भवन यहाँ भन्ने गरिएको मालिमा गतिमा निर्माण गरिएको पाइयो । यस भब्य भवनलाई सन् २०१४ मा १० महिनामा निर्माण गरिएको रहेछ । यहाँ सन् २०१२ मा प्रक्षेपण गरिएको तेस्रो रकेट प्रर्दशनमा राखिएको छ । चार तला छन् र प्रति तला एक हजार कम्प्युटर छन् । यहाँको ई–पुस्तकालयमा १० वटा भाषाका पुस्तकहरू छन् भन्ने जानकारी प्राप्त भयो ।

यस भवनमा पुगेदेखि अन्तसम्म विज्ञान प्रविधि भवनमा कार्यरत अनुवादक जो बोक सीले विभिन्न खेल, मानव विकासका मोडल, जीव विकासको मोडल तथा वैज्ञानिक खेलमा सहभागी गराइन् । उनी अलि छिटो बोल्थिन् । उनको प्रस्तुतिले के देखाउथ्यो भने कोरियालाई साम्राज्यवादी मुलुकले घेरा लगाएपनि कोरिया चुप लागेर बसेको छैन ।

नेपालका राणा प्रधानमन्त्री जंगबहादुरले आफ्नो वेलायत यात्रामा अंग्रेजले आगो, पानी र वतासलाई कमारो बनाएकाले विकास गरेको देखेझै यहाँ मैले प्रजग कोरियाले शिक्षा र विज्ञान प्रविधिलाई भविश्य ठानी वालवालिकालाई लगानी गरेको देख्दा विकासको क्रान्तिकारी पाइन हालेको देखेँ । यसैले नै उसले विश्व साम्राज्यवादले घेरा हालेर भोकभोकै मार्ने सोच्दा पनि उ डगेको छैन, बरु ती कागजी बाधलाई च्यात्न सकिन्छ भन्न सफल भएको रहेछ । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here