चर्चित गायक शिव परियारको गीतमा आकाश र साराको रोमान्स

251

एकपछि अर्को गीत गाउँदै हिट भएका गायक शिव परियारको स्वरमा रहेको अर्को गीतले बजारमा व्यापक चर्चा पाइरहेको छ । म्युजिक भिडियोमा सारा र आकाशको जोडदार अभिनय रहेको छ । पहिलो पटक सँगै देखिएका यो जोडिलाई धेरैले मनपराएका छन् ।

नायक आकाश श्रेष्ठ र नायिका सारा सिरपालीको रोमान्सले भरिएको गीत रात पनि दिन हुन्थ्यो, जीवन स्वर्ग झै लाग्थ्यो बोलको गीतलाई गीतकार दुर्गाप्रधानले लेखेकी हुन् । गीतलाईअहिलेका व्यस्त संगीतकार बिनोद पछाईले संगीत भरेका हुन्।

दुर्गा प्रधानको पहिलो एल्वम वन्ली फर यु को यो गीतलाई निर्देशक निशान कास्यपले निर्देशन गरेका हुन् भने विकास दहालले सम्पादन गरेका हुन् । अहिले यो गीतलाई धेरैले मनपराएका छन् ।

नवनारी मिडियाको आफ्नै च्यानलमार्फत बजारमा आएको भिडियो, छोटो समयमा धेरै दर्शकले हेरिसकेका छन् । शब्द, स्वर, संगीत अनि भिडियोको राम्रो संयोजन रहेको यस गीतमा सबैले धेरै मेहेनत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here