तीन लाख पोर्न वेभसाइट बन्द गरिने

53

काठमाडौ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् ।

बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आइतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “पच्चीस लाख अश्लील वेभसाइट बन्द ग¥यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौँ ।” इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेभसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here