स्थगित नेपाली कांग्रेसको बैठक अझै सुरु हुन सकेन

87

 काठमाडौं /  विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठकको बन्द शत्र दुई घण्टा स्थगित भएको छ। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अझै सुरु हुन सकेको छैन ।

कांग्रेसमा संस्थापन र पौडेल समूहबीच सहमति नजुट्दा केन्द्रीय समितिको बैठक पनि सुरु हुन नसकेको हो । अहिले शीर्ष नेताहरु आन्तरिक छलफलमा छन् । १० बजे बैठक महासमिति बैठक सुरु भएपनि दुई घण्टासम्म नआएको भन्दै सदस्यहरुले होहल्ला गर्न थालेपछि बैठक स्थगित गरेको घोषणा गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेताहरुबीच मोटामोटी सहमति भएपछि केन्द्रीय समितिको बैठक सुरु हुनेछ ।

अहिले कांग्रेसमा एउटा निर्वाचन क्षेत्रबाट पाँच जना महासमिति सदस्य र १२ जना महाधिवेसन प्रतिनिधि रहने व्यवस्था छ ।
तर अब जनसंख्या र क्रियाशिल सदस्यताका आधारमा पदाधिकारी बढाउन तराई क्षेत्रका नेताहरुले माग उठाएपछि यसबारे पनि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

यस्तै तराईबाट प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीमा क्रियाशिल सदस्यताका आधारमा महासमिति सदस्य र महाधिवेसन प्रतिनिधि रहनुपर्ने माग उठाएका छन् ।

यसबारे छलफल गर्न हाल केन्द्रीय समितिको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको प्रवक्ता शर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here